जंगल र भूमि माथिको अधिकार बारे जनजाति महिलालाई विराटनगरमा तालिम

जंगल र भूमि माथिको अधिकार बारे जनजाति महिलालाई विराटनगरमा तालिम

विराटनगर । आदिवासी जनजाति महिलालाई लक्षित गरी जंगल र भूमि माथिको अधिकारको बारेमा छलफल भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा विराटनगरमा भूमि र जंगल माथि अधिकार सम्बन्धि दुई दिने कार्यक्रम आयोजना भएको हो ।
महिलालाई ज्ञान र सिप प्रवद्र्धन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको निफको केन्द्रीय निर्देशक कमला थापा मगरले जानकारी दिइन् । महिलाहरुलाई संस्थागत रुपमा अगाडी बढाउने र उनीहरूको क्षमतालाई अभिवृद्धी गराउन दुई जिल्लामा यस्तो तालिमको आयोजना गरिएको नेफको निर्देशक मगरको भनाई छ ।
मोरङ र झापा जिल्लामा यस्तो खालको कार्यक्रमको आयोजना गरिएको हो । विराटनगरमा आयोजना गरिएको दुई दिने कार्यक्रममा मोरङ जिल्लाका ६ वटा जातीय संस्थाका प्रतिनिधीहरुको सहभागि रहेको थियो । जसमा गनगाइ, ताजपुरिया, धिमाल, राजवंशी र उराउ सामुदायबाट ६ जनाका दरले ३६ जनाको सहभागि रहेको थियो । तालिमको सहजिकरण नेफको निर्देशक कमला थापा मगर, आदिवासी जनजाति महासंघ मोरङका पूर्व अध्यक्ष देवराज चौधरीलगायले गरेका छन् ।
तालिममा नेफको केन्द्रीय उपाध्यक्ष सृजना प्रधान, लखी गनगाई सचिब मन्जु धिमाललगायतको उपस्थीति छ । मोरङपछि झापामा मंसिर १९ र २० गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्