विराटनगरको एम्स कलेजमा स्वीजरल्याण्डकी एञ्जलीले एक महिना प्रशिक्षण दिने

विराटनगरको एम्स कलेजमा स्वीजरल्याण्डकी एञ्जलीले एक महिना प्रशिक्षण दिने

विराटनगर । विराटनगरस्थित एम्स कलेजमा बि.एच.एम अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई होटल मेनेजमेण्ट सम्बन्धि अध्यापन गराउन स्वीजरल्यान्डकी नागरिक एञ्जलीका वाल्डे आएकी छिन् । उनलाई कलेजले एक कार्यक्रम गरि भव्य स्वागत गरेको छ ।
वाल्डेसँग होटल इन्डस्ट्रिज सम्बन्धि ३ वर्षको अनुभव छ । एक महिनाका लागि एम्स कलेज आएकी वाल्डेले कलेजमा अध्ययनरत बि.एच.एम संकायका विद्यार्थीहरूलाई हाउस किपिङ, सर्भिस, फ्रन्ट अफिस र प्रोडक्सन सम्बन्धि विषेश तालिम दिने छिन् ।
स्वागत कार्यक्रममा बोल्दै वाल्डेले कलेजमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरूलाई विश्व बजारमा भइरहेको होटल व्यवस्थापनको ढाँचाबाट प्रशिक्षण गराउने बताइन् । विश्व बजारका लागि अति आवश्यक जनशक्ति होटल इन्डष्ट्रिजलाई चाहिने भन्दै उक्त कार्यका लागि कलेजले गरेको योगदानको प्रशंसा गरिन् । ‘विद्यार्थीहरूलाई यस होटल इन्डष्ट्रिज सम्बन्धि चाहिने उपयुक्त जनशक्तिका विकास गराउँछु, उनले भनिन् ।’ कलेजले आफ्ना विद्यार्थीको सार्वङ्गिण विकासका लागि कुनै कसुर बाँकी नराख्ने क्याम्पस प्रमुख सि.एम. बस्नेतले बताए । कलेजले केही दिन अगाडी मात्र तीन दिनका लागि सिलगुडीको एक पाँच तारे होटलमा विद्यार्थीहरूलाई तालिम दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्