जापानको सीप परीक्षणमा सबै फेल, भाषामा एक जना मात्र पास

जापानको सीप परीक्षणमा सबै फेल, भाषामा एक जना मात्र पास

काठमाडौं । जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् ।जापान फाउन्डेसले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागि थिए । ती मध्ये भाषा परीक्षामा मात्र एक जना उत्तिर्ण भएका छन् ।

नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप उत्तिर्ण हुनुपर्छ ।

अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउन्डेसनले परीक्षा लिएको थियो ।कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो प्रष्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ ।जापानले मन्त्रालयलाई उपलब्ध गराएको प्रारम्भिर सूचना अनुसार भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए । यसबाट परीक्षाका लागि लक्की ड्रबाट एक हजार जना छानिएका थिए ।

यसबाट पनि सामान्य परीक्षाका लागि भने ५ हजार ९ जना छानिएका थिए । यसमा ५६ जना उत्तिर्ण भए ।त्यसको पहिलो लटमा नर्सिङ केयर गिभरको सीप परीक्षणमा १५ जना र नर्सिङ भाषा परीक्षामा १२ जना सहभागि थिए । कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्