शक्ति-केन्द्र संजालमा सिद्धबाबा : प्रचण्डलाई भैंसी पूजा गराए, महरालाई आशीर्वाद दिए

शक्ति-केन्द्र संजालमा सिद्धबाबा : प्रचण्डलाई भैंसी पूजा गराए, महरालाई आशीर्वाद दिए

इटहरी । बलात्कार गरेको आरोप लागेका सुनसरी चताराका सिद्धबाबा भनिने कृष्णदास गिरीको संजाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ ।

गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म दर्शनका ज्ञाता, विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेको बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन् । यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सुरक्षा निकायमा प्रमुख, कूटनीतिक नियोगका प्रमुसँगै विदेशी शक्ति केन्द्रसँग ‘कन्भिन्स’ गरेर ल्याउँथे ।

नामुद ब्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नासाथ आश्रम पुग्थे ।गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर संचालन गरे । त्यो बेला क्रान्तिकारी कम्युनिष्ट नेता पुष्पकमल दाहाल प्रचण्डलाई झिकाएर भैंसी पूजा गराए ।

दाहालपछि आयुर्वेदिक विश्वविद्यालयको शिलन्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदुत रन्जित रेलाई डाके ।थुप्रै पटक मन्त्री भइका र अहिले बलात्कार आरोपमै पुर्पक्ष थुनामा कारागार रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि गिरीको आश्रममा आशीर्वाद लिन आएका थिए । -नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्