रंगेली अस्पतालको सेवा विस्तारसँगै प्रसुती गराउनेको संख्या बढ्यो

रंगेली अस्पतालको सेवा विस्तारसँगै प्रसुती गराउनेको संख्या बढ्यो

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पतालमा पछिल्लो समय विरामीको चाप बढेको छ । एक महिना अगाडि अस्पतालमा आएका नयाँ मेडिकल सुपरिटेन्डेन्टले अस्पतालको सेवा सुधार गर्न थालसँगै विरामीको संख्या बढेको हो ।
मे.सु डा.रोहेन्द्र पाण्डे अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवालाइ प्रभावकारी र सुधार गर्न लागि परेका छन । यो अभियानमा रंगेलीवासी र अस्पतालका कर्मचारीले समेत सहयोग गर्दै आएका छन् । बिगतका दिनहरुमा अस्पतालमा सातामा तीन दिन मात्रै भिडियो एक्सरे र प्रसुति सेवा हुने गरेकोमा पछिल्लो समय दैनिक यो सेवा नियमित हुँदै आएको छ ।
अस्पतालको इमर्जेन्सी सेवा, भिडियो एक्सरे , दैनिकी ओपिडी सेवा, सुरक्षित प्रसुती अपरेसन सेवासंगै अस्पतालको स्तरउन्नति र सुदृढीकरण गर्न लागि परेको उनले बताए । नेपाल सरकारले लागू गरेको स्वास्थ बिमा कार्यक्रम समेत शुरु भएको छ ।
पाण्डेका अनुसार केही दिनमै जनरल अपरेसन सेवा हर्निया, ऐपेन्डिसाइटिस, हाइड्रोसिलको शल्यक्रिया संचालनमा आउने छ । एक महिनाको अबधीमा जटिल अवस्थाका ६ वटा शल्यक्रिया गर्न सफल भएको अस्पतालले जनाएको छ ।
सफल सल्यक्रियाबाट स्थानीय उत्साहित
रंगेली अस्पतालबाट नै यसरी सबै सेवा पाउँदा स्थानीय पनि खुसी भएका छन् । रंगेली ८ की आरती सरदारले रंगेली अस्पतालमै यसरी सबै खालको उपचार होला भन्ने सोच्दै नसोचेको बताईन् । उनले अस्पतालमा सहजै सुरक्षित प्रसुती शल्यक्रिया भएकोमा खुसी ब्यक्त गरिन् ।
त्यसैगरी मान्ती यादवले पनि आफ्नो गर्भमा भएको उल्टो बच्चाको समेत सफल शल्यक्रियाबाट जन्माउन सफल भएको सुनाईन् । अस्पतालले सुरक्षित शल्यक्रिया गरेकामा आफू निकै खुशी भएको उनले बताईन ।
प्रसुती सेवामा मात्र हैन अस्पतालले दिने अन्य सेवामा पनि स्थानीय उत्साहित भएका छन् । सुनवर्सी ४ बटरवारीका सुमन यादवले अस्पतालले आफ्नो सेवा विस्तार गरेसँगै रंगेली तथा दक्षिणीक्षेत्रका सर्बसाधारणलाई सहज भएको बताए । उपचारको लागि टाउको दुख्दा समेत विराटनगर जानु पर्ने बाध्यतालाई तोड्न अस्पताल सफल भएको बताए । बिगतका दिनहरुमा भन्दा पछिल्लो समयमा अस्पतालमा आउने बिरामीहरुको संख्या समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्