तेह्रौं दक्षिण एसियाली खेलकुद : साग साइक्लिङ्गमा दुई स्वर्ण, स्वर्ण संख्या २७ पुग्यो

<span class='c1'>तेह्रौं दक्षिण एसियाली खेलकुद : साग साइक्लिङ्गमा</span> <span class='c2'>दुई स्वर्ण, स्वर्ण संख्या २७ पुग्यो</span>

काठमाडौं, मङ्सिर १८ गते ।

तेह्रौं दक्षिण एसियाली खेलकुदमा नेपालले २७ स्वर्ण जितेको छ । सागको तेस्रो दिन नेपालले साइक्लिङ्गको डाउनहिलमा दुई स्वर्ण र दुई रजत तथा कराँतेमा एक र ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा एक एक गरी चार स्वर्ण जितेको छ ।
बुधबार अपरान्ह गोकर्णमा भएको साइक्लिङ्गको पुरुष विधा तर्फ राजेश मगरले स्वर्ण पदक जित्नुभयो । उहाँले एक मिनेट ४९ दशमलव ३३ सेकेण्डमा एक किलोमिटर दुरी पार गर्दै स्वर्ण पदक हात पार्नुभयो । दोस्रो स्थानमा रहनुभएका निरभ श्रेष्ठले एक मिनेट ५० दशमलव ०८ सेकेण्डमा उक्त दुरी पार गर्दै रजत जित्नुभयो । तेस्रो स्थानमा रहेर कास्य जित्नुभएका प्रचित थापामगरले उक्त दूरी एक मिनेट ५१ दशमलव ६६ सेकेण्डमा पार गर्नुभयो ।

त्यसैगरी, साइक्लिङ्ग महिला विधा तर्फ निश्मा श्रेष्ठले स्वर्ण जित्नुभयो । उहाँले एक किलोमिटरको दुरी दुई मिनेट २२ दशमलव ४५ सेकेण्डमा तय गर्नुभयो । दोस्रो स्थान प्राप्त गर्नुभएकका जमुना थापाले उक्त दुरी २ मिनेट ४१ दशमलव ४५ सेकेण्डमा पार गरी रजत जित्नुभयो । महिला साइक्लिङ्ग डाउनहिलको तेस्रो स्थानमा भने भारतीय खेलाडी रहनुभयो ।

कराँते कुमुते खेलमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जित्नुभयो । कराँते विधामा मात्रै नेपालको स्वर्ण पदकको संख्या १० पुगेको छ ।
उहाँले ६८ किलो तौल समूहको फाइनल स्पर्धामा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउनुभयो । नर्गिसले इन्डोनेसियामा गत वर्ष सम्पन्न एसियाली खेलकुद प्रतियोगितमा नेपालकी रिता कार्कीलाई हराएर कास्य पदक जित्नुभएको थियो ।

अनुपमाले श्रीलङ्काकी विजेकुन माथिमोहमदमाथि ७–४ ले जित हात पार्दै स्वर्ण पदकको स्पर्धामा पुग्नुभएको थियो ।
यसअघि बुधबार बिहान ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा दिपक हमालले स्वर्ण पदक दिलाउनुभयो । ऊसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । हमालले भारतका साजन लामालाई १९.१२ को अपेक्षा १९.३२ स्कोर गर्नुभयो । भारतका लामा भने रजत पदक हात पार्नुभयो । बङ्गलादेशका मोहम्मद आमेर हुस्सैनले कास्य पदक जित्नुभयो । आमेरले १७.१८ स्कोर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्