उपनिर्वाचनमा अन्तर्घात नभएको नेकपाको निष्कर्ष, समीक्षा पठाउन जिल्लालाई निर्देशन

उपनिर्वाचनमा अन्तर्घात नभएको नेकपाको निष्कर्ष, समीक्षा पठाउन जिल्लालाई निर्देशन

काठमाडाैँ, १८ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई दिनभित्र उपनिर्वाचन भएका ५२ वटै स्थानको समीक्षा पठाउन सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले उपनिर्वाचनमा कहिँ–कतै अन्तर्घात नभएको निश्कर्ष निकाल्दै औपचारिक समीक्षाको जिम्मा निर्वाचन भएका तहकै कमिटीलाई दिएको हो । जसअनुसार जिल्ला कमिटीले दुईदिनभित्र समीक्षात्मक प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनु पर्ने छ ।

उपनिर्वाचनमा प्रदेशसभा भक्तपुर र धरान उपमहानगरपालिका लगायत केही वडामा नेकपा पराजित भएको थियो । केही स्थानमा अन्तर्घातका कारण पनि पराजय भएको चर्चा चलेपछि नेकपाले सम्बन्धित क्षेत्रलाई नै समीक्षा गर्न निर्देशन दिएको हो ।

सम्बन्धित क्षेत्रको समीक्षा आएपछि मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पुष्पकमल दाहालको अध्यक्षतामा पहिलो पटक बसेको सचिवालयको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यबारे सामान्य छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्