विराटनगरको सेन्ट्रल मल आसपासमा बालबालिका किन माग्न पुगे ?

विराटनगरको सेन्ट्रल मल आसपासमा बालबालिका किन माग्न पुगे ?

विराटनगर । विराटनगरको सेन्ट्रल मल आसपासमा पछिल्लो समय बालबालिका धेरै देखिन थालेका छन् । वालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाले पनि यी बालबालिकाको बारेमा खासै सोचेको देखिँदैन । विराटनगरवासी तथा अधिवक्ता कोषराज न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘किन ति बालबालिका माग्ने बन्न पुगे ?’
उनले अघि लेखेका छन् , ‘सुनेको थिएँ, बिराटनगरको सेन्ट्रल मल अगाडी केहि बालबालिका भिख माग्ने गर्छन । त्यो ठाउँमा घुम्दै जाँदा आफैले देखें । ५ बालिका, १ बालक । न राम्रो लुगा, न खुट्टामा चप्पल । गरिवीको चरम अवस्था स्पस्ट देखिन्थ्यो ।
के गर्ने भन्ने छलफल गर्न मानब सेवा आश्रमका नबराज केसी लाई खबर गरेँ । कोकनका अधिकारकर्मी मंजीता उपाध्यायलाई फोनमा जानकारी गराएँ । उहाँले सिविनका बासु अधिकारीलाई खबर गर्नु भो, बासुजीले वडा प्रहरीलाई ।
नबराज जी र मैले ति बालबालिकासंग कुरा गरेर केही तथ्य थाहा पायौं, उनीहरु बिराटनगर कै रहेछन । एकछिनमा वडा प्रहरीबाट सादा पोसाकमा आएका प्रहरीले ३ जनालाई आफुसंग लिएर गए । बाँकी ३ जना आफ्नै घरतिर भागे ।
म, मंजीता जी र नबराज जी वडा प्रहरी कार्यालय गयौं, प्रहरीले सिविनसंग समन्वय गरेर तीनजना बालबालिकालाई सिविनमा पठायो ।

डिएसपी बेदप्रसाद गौतम सहित वडा प्रहरी कार्यालय, मानब सेवा आश्रमका नवराज जी, अधिकारकर्मी मंजीता उपाध्याय, सिविनका बासुजी लाई धन्यबाद छ । साथै केही प्रश्नको उत्तर खोज्ने बेला भयो जस्तो लागेको छ ।

यी प्रश्नहरु गम्भीर रुपमा लिईनु पर्छ  
१. किन ति बालबालिका माग्ने बन्न पुगे ?
२.सबैका लागि गुणस्तरीय शिक्षाको नाराले प्रदेशको राजधानीका उनीहरुलाई किन छोएन ?
३. गरिवी निवारणका योजनाबाट उनीहरुका अभिभावक किन लाभान्वित भएनन् ?
४. सुखी नेपाली समृद्द नेपाल बनाउन यस्ता परिवारको लागि के के गर्नु पर्ने हो ? आदि आदि ।’

यो त एउटा प्रतिनिधि घटना मात्र हो । यसरी हरेक दिन बालबालिका मागेर हिड्ने अबस्था अहिले पनि बिराटनगरमा रोकिएको छैन । विराटनगर महानगरपालिका आज भन्दा झण्डै ३ बर्ष पहिला नै बालमैत्री महानगरको रुपमा घोषणा भईसकेको छ । तर कागजमा मात्र घोषणा भएपनि ब्यवहारमा अझै यस्ता बालबालिका प्रसस्तै सडकमा देखिँदै आएका छन् । तर यसरी प्रहरीको नियन्त्रणमा पुगेका बालबालिकालाइ सिविनले आफ्नो अभिभावक खोजेर जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्