ओवी ब्रेकिङ न्यूज ः विराटनगर ६ घाँस चोकबाट प्रहरी सहायक निरीक्षक (असई ) ७ हजार घुस लिदाँ लिदै पक्राउ

ओवी ब्रेकिङ न्यूज ः विराटनगर ६ घाँस चोकबाट प्रहरी सहायक निरीक्षक (असई ) ७ हजार घुस लिदाँ लिदै पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) श्याम कुमार दाहाल घुस लिदै गर्दा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले बुधबार बेलुकी विराटनगर ६ घाँस चोकबाट ७ हजार घुस रकम सहित पक्राउ असई दाहाललाई पक्राउ गरेको हो । असई दाहाल विराटनगरको सिआरभी पोष्ट केशलिया मार्गमा कार्यरत थिए ।

अख्तियार ईटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालका अनुसार सुनसरीबाट विराटनगरको गुद्री बजार सम्म तरकारी बिक्रीका लागि ल्याउन सहजिकरण गरिदिने भन्दै घुस लिएको उनले बताए । को बाट घुस लिएको भन्ने विषय अख्तियारले खुलाएको छैन ।


पक्राउ परेका दाहालमाथि अख्तियारले आवस्यक अनुसन्धान सुरु गरेको छ । भारतबाट आयत भएको तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग असाइ दाहालले घुस रकम लिने क्रममा अख्तियारले नियन्त्रणमा लिइएको प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । दाहालले तरकारीका व्यापारीसँग घुस मागेपछि उनी विरुद्ध अख्तियारमा उजुरी गरिएको थियो । प्रवक्ता ढकालका अनुसार दाहालामथि थप अनुसन्धान सुरु भएको छ । इलमाबाट सरूवा भएर दुई महिना अगाडी मोरङ प्रहरी कार्यालयमा दाहाल आएका हुन् । दाहाललाई मोरङ प्रहरीले केसेलियाको सिआरबीमा खटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्