२२ मंसिर २०७६, आईतवार

विराटनगरको बुद्धोदय सहकारीको ११ औं वार्षिक साधारणसभा

विराटनगर । विराटनगर–३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७५÷०७६ मा ५७ लाख ५७ हजार १ सय ४६ रुपैयाँ खूद नाफा गरेको छ । सहकारीको बुधबार विराटनगरमा भएको ११ औं वार्षिक साधरण सभामा सो जानकारी गराएको हो ।

सहकारीका लेखा संयोजक अविनाश कुमार निधीले दिएको जानकारी अनुसार एक वर्षमा १ करोड ५७ लाख २२ हजार ९ सय ३६ रुपैयाँ आम्दानी गरेको जानकारी दिए । सहकारीले ऋण लगानि ७ करोड ६३ लाख ९० हजार ८ सय ३१ रुपैयाँ गरेको छ । ५७ लाख ५७ हजार १ सय ४६ रुपैयाँ खुद बचतलाई आर्थिक वर्षमा कोषमा लगेको सहकारीले जनाएको छ । सहकारीको सेयर पूँजी १ करोड ८७ लाख ३४ हजार ८ सय रुपैयाँ रहेको छ भने निक्षेप बचत ७ करोड २२ लाख ४४ हजार ६ सय ५७ रुपैयाँ रहेको बताइएको छ । सहकारीमा ३ सय ७२ महिला र ३ सय १७ पुरुष गरि जम्मा ६ सय ८९ जना आवद्ध रहेका छन् ।


सोही अवसरमा सहकारीले पत्रकार अनन्तराज न्यौपानेलाई नगद सहित सम्मान गरेको छ । १० हजार १ सय ११ रुपैयाँ नगदसहित कदर पत्र र दोसल्ला ओढाएर प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरे । त्यस्तै सहकारीले साधरण सभाको अवसर पारेर आयोजना गरिएको अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिताको प्रथम विराटनगरस्थित जेम्स इन्टरनेश्नल स्कूल घोषित भयो । द्धितीय मोर्डन एरा र तृतीय पोखरीय मावि भएको थियो । उनीहरूलाई पनि क्रमशः ५, ४ र ३ तीन सहकारीले पुरस्कार प्रदान ग¥यो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस