मनमोहन पोलिटेक्निकले विश्वविद्यालयलाई सम्पती तथा स्वामित्व शुक्रवार दायित्व हस्तान्तरण गर्ने

<span class='c1'>मनमोहन पोलिटेक्निकले विश्वविद्यालयलाई सम्पती तथा</span> <span class='c2'>स्वामित्व शुक्रवार दायित्व हस्तान्तरण गर्ने</span>

विराटनगर । मनमोहन पोलिटेक्निकले आफ्नो स्वामित्वमा रहेको सम्पती प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । मनमोहन प्राविधिक विश्व विद्यायल ऐन २०७६ को दफा ५२ बमोजिम मनमोहन स्मृति पोलिटेक्निकले मनमोहन प्राविधिक विश्व विद्यालयलाई सम्पत्ति र दायित्व हस्तान्तरण गर्ने ब्यवस्था भए अनुसार हस्तान्तरण गर्न लागेको हो ।
प्रदेश १ सभाबाट पारित भएको मनमोहन प्राबिधिक विश्व बिद्यालय सम्बन्धि ब्यवस्थागर्न बनेको ऐनले पोलिटेक्निकले विश्वविद्यालयलाई सम्पती तथा स्वामित्व हस्तान्तरण गर्ने कानुनी ब्यवस्थालाई कार्यान्वायन गर्न लागिएको  मनमोहन स्मृति प्रतिष्ठानका   सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।
मुख्य मन्त्री शेरधन राईको अध्यक्षता र संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रमका बिच सम्पती तथा दायित्व हस्तान्तरण हुन लागेको चौधरीले बताए । कार्यक्रम बुढीगंगामा रहेको मनमोहन पोलिटेक्निकको सभाहलमा शुक्रवार दिउँसो साढे एक बजे हुने जनाईएको छ ।

मनमोहन पोलिटेक्निक विश्वविद्यालय भएसँगै अब प्राबिधिक संकायका सबै पाठ्यक्रमहरुको पठन तथा प्राबिधिक विषय पढाई हुनेछ । यय अघि पोलिटेक्निक सिटिईभिटीको सम्बन्धनबाट संचालित थियो । संचालित शैक्षिक कार्यक्रमहरु मध्ये विश्वविद्यालय भएपछि धेरै प्राबिधिक बिषयहरु शुरु हुने पोलिटेक्निकका प्राचार्य सुवास श्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्