धरानका मेयरको पहिलो निर्णय कर घटाउने प्रस्तावमा हस्ताक्षर

धरानका मेयरको पहिलो  निर्णय कर घटाउने प्रस्तावमा हस्ताक्षर

सुनसरी  । पदभार ग्रहण गर्नासाथ बुधबार धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तिलक राईले समग्र राजश्वका प्रणाली तथा करको दर र दायराको पुनरावलोकनका लागि पेश गरिएको निर्णयार्थ प्रस्तावमा पहिलो हस्ताक्षर गरेका छन् ।

पाँचौं नगरसभाले पारित गरी लागु गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरवलोकन गरेर घटाउनका लागि पेश भएको प्रस्तावमा आफूले हस्ताक्षर गरेको प्रमुख राईले बताए । कर घटाउने उक्त प्रस्ताव अब बस्ने नगरसभामा लगिने छ । उपमहानगरपालिकाले लिने गरेको करप्रति व्यापक जनअसन्तुष्टी बढेको थियो । उनले भने, ‘कर निर्धारण प्रकृया र दररेट अध्ययन गरी आर्थिक बर्ष ०७६/०७७ को वित्तिय क्षेत्रको बजेटमा आउने गरी शुल्क पुनरावलोकन गर्न विषेशज्ञ सम्मिलित कार्यदल गठन गरिने तयारी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्