मातेर हल्ला गर्नेलाई १ हजार जरिवाना

मातेर हल्ला गर्नेलाई १ हजार जरिवाना

ताप्लेजुङ। अत्याधिक मदिरा सेवन गरि बजारमा होलल्ला गर्दे हिँड्ने एक युवा कारवाहीमा परेका छन् । बुधबार राति फुङलिङ बजारमा होहल्ला गरिरहेको अवस्थामा २४ वर्षीय लक्ष्मी लावुङ लिम्बू पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले १ हजार रुपैयाँ जरिवाना भराएको छ । फक्ताङलुङ गाउँपालिकाको इखाबु घर भएका लिम्बू फुङलिङ बजारको पराजुली चोकमा बस्थे ।  स्वास्थ्य जाँच गराउँदा मादक पदार्थ सेवन गरेको भन्ने रिपोर्ट जिल्ला अस्पतालले दिएपछि प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्