विराटनगरको महेन्द्र चोकदेखी वरगाछी सम्मको सडक नो पार्किङ जोन (भिडियो रिपोर्ट)

विराटनगरको महेन्द्र चोकदेखी वरगाछी सम्मको सडक नो पार्किङ जोन (भिडियो रिपोर्ट)

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको महेन्द्र चोकदेखी बरगाछीसम्म नयाँ नियम लागु गरेको छ । त्यो हो यो सडक क्षेत्रमा पस्चिम साईड नो पार्किङ स्थल । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले एक साता अगाडीदेखी नै महेन्द्र चोकदेखी बरगाछी सम्मको पस्चिम तर्फ नो पार्किङ गर्ने भनेर प्रचार – प्रसार गर्यो ।
मोरङ जिल्लाका ट्राफिक प्रहरी प्रमुख नै फिल्डमा पुगेर पम्पप्लेट बाढ्नेदेखी माईकिङ गर्ने सम्मका काम गरे । महेन्द्र चोकदेखी शिवमन्दिरसम्म पस्चिम साईडका हरेक पोलमा नो पार्किङका बोर्ड पनि राखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ल्याएको नयाँ नियम कतिको प्रभावकारी बन्यो त ? आवर विराटनगरले स्थलगत रिर्पोटिङ गरेको छ । हामीले २ दिनसम्म फिल्डमा नै गएर रिर्पोटिङ गर्दाको यस्तो देखियो ।

दृष्य नम्बर  १ :- विराटनगर ४ का जीवन राई आफ्ना परिवारसँग मंगलबार भाटभटेनी अगाडी रहेको काडमाण्डौ भृकुटी मण्डपमा सामान खरिदका लागि पुगे । त्यहाँ गएको करिब ५ मिनेट पछि बाहिर निस्किए । उनी निस्कदा उनले मोटर साईकलमा राखेको हेलमेट थिएन । यता उता हेरे तर कतै भेटेनन् । केहीबेर सम्म अलमलमा नै परे । उनले त्यही छेउमा रहेका ट्राफिक प्रहरीलाई पनि सोधे हेलमेटको बारेमा तर ट्राफिक प्रहरीले पनि थाहा नभएको जस्तो गरेर वास्तै गरेन । उनी त्यसपछि हेलमेट नै नलगाइ सिधै जिल्ला ट्राफिक प्रहरी कार्यालय तर्फ परिवारसँगै गए ।
दृष्य नम्बर २ :- भाटभटनीबाट दुई युवा सपिङ गरेर निस्कीए । उनीहरुको पनि मोटरसाईकलमा राखिएको हेलमेट थिएन । उनीपनि जीवन राइकै जस्तै समस्यामा परे । उनलाई पनि जिल्ला ट्राफिक कार्यालयमा पठाईयो । उनीहरु पनि विना हेल्मेट जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गए ।

दृष्य नम्बर ३ :- ६ महिना अगडीदेखी ट्याम्पो चलाउदै आएका शैलेन्द्र पासवान पनि त्यही भाट भटेनी अगाडी नो पार्किङ लेखिएको स्थानमा ट्याम्पो राखेर यात्रुको प्रतिक्षामा थिए । उनलाई ट्राफिक प्रहरीले चिट काटेर पठायो । उनले भने, यो नियमले आफुलाई अप्ठेरो भएको छ ।

दृष्य नम्बर ४ :-जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको एक टोलीले भाटभटेनी अगाडी को २ ह ६०७९ नम्बरको सिटी रिक्सा देख्यो । ४–५ जनाको समुहले सकी नसकी सिटी रिक्सा डोर्याएर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुर्यायो । यसको एउटै कारण थियो, नो पार्किङ स्थलमा सिटी रिक्सा र्पािर्कङ गरिनु ।ट्राफिक प्रहरी कार्यलय मोरङबाट खटिएका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतले नो पार्किङमा राखिएका सिटीहरु कार्वाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ल्याईएको जानकारी दिए ।

निश्कर्ष :-
जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक साता अघि देखि नै यो नियम लागु गरेको जनाएको भएपनि सर्बसाधारण नियमको बारेमा थाहै नभएको बताउँछन् । यो नियम एकै चोटी ल्याएको भन्दै आम सर्वसाधारणले भने खुलेर विरोध जनाए । नियमको बारेमा ध्यान नदिने अनी नियम मिच्नेहरुको लागि ट्रफिक प्रहरीले ल्याएको यो नियम सराहनीय रहेको छ । मुख्य राजमार्गमा हुने दोहोरो पार्किङका कारण यात्रुले सास्ती पाउँदै आएका छन् । अझ सडकमा मनपरी पार्किङमा राखिने सिटी तथा अटोका कारण समस्या हुँदै आएको छ । शुरुमा नियम पालना गराउन समस्या जस्तो देखिएपनि यो दिर्घकालका लागि निक्कै फाईदा हुनेछ भन्ने विस्वास विराटनगर महानगरपालिकाको छ ।

https://www.facebook.com/ourbrt/videos/701048390303526/?v=701048390303526

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्