अब विराटनगर–पोखरा हप्तामा तीनदिन सिधा उडान हुने, यस्तो छ समय तालिका

अब विराटनगर–पोखरा हप्तामा तीनदिन सिधा उडान हुने,  यस्तो छ समय तालिका

विराटनगर । बुद्ध एयरले विराटनगरबाट पोखरा सिधा उडान गर्ने भएको छ । क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर–पोखरा सिधा उडानको तयारी गरेको हो ।
बुद्ध एयरले केही दिन अगाडी बिराटनगरमा पत्रकार सम्मेलन गरी बिराटनगर र भद्रपुरबाट पोखराको लागि ट्रान्जीट उडान गर्ने बारेमा पत्रकार सम्मेलन गरेको थियो । ३ महिनासम्म यात्रुको चापलाई ध्यानमा राखेर सिधा उडान गर्ने जानकारी बुद्ध एयरको तर्फबाट बिरेन्द्र बस्नेतले बताएका थिए ।
कम्पनीका अनुसार आगामी ३ फेब्रुअरी २०२० बाट यस रुटमा सिधा उडान हुने भएको हो । अब विराटनगरका यात्रु पोखरा जान काठमाडौं गईरहनु पर्ने झण्झट हट्ने भएको छ । पोखराका यात्रु पनि काठमाडौं नआइ सिधै विराटनगर आउन सक्नेछन ।
बुद्धले यसअघि भैरहवा–पोखरा र पोखरा भरतपुरमा उडान बिस्तार गरिसकेको छ । बुद्ध एयरका अनुसार यस रुटमा साताको तीन उडान हुने भएको छ । सोमबार, बुधबार र शुक्रबारका लागि यस रुटमा उडान राखिएको छ । पोखराबाट पौने १२ बजे उड्ने जहाज विराटनगरबाट १ बजेर २० मिनेटमा पोखराका लागि उड्न गरी समय निर्धारण गरिएको छ । भ्रमण वर्षको प्रारम्भमै हुने क्षेत्रीय उडानले आम यात्रुसँगै पर्यटकलाई समेत सुविधा पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्