भारतको हैदरावादमा महिलाको जलाएर हत्या भएको विरोधमा विराटनगरमा मैनवत्ती जुलुस

<span class='c1'>भारतको हैदरावादमा महिलाको जलाएर हत्या</span> <span class='c2'>भएको विरोधमा विराटनगरमा मैनवत्ती जुलुस</span>

बिराटनगर । भारतको हैदरावादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। विराटनगरको देवकोटा चोक, ट्राफिक चोक हुँदै निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो।
सिमाञ्चल मैत्री समूह, जनहित विकास समाज, अम्बे मुरारी सेवा केन्द्र , बृहत मधेसी नागरिक समाज र नेपाल भारत सामाजिक सांस्कृतिक मंचले संयुक्त रुपमा महिला विरुद्धको हिंसा बन्द गरि दोषीलाई कडा कार्वाहीको माग गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सांसद केदार कार्कीले महिला पुरुष एक अर्काको परिपुरक रहेकोले महिलालाई सम्मान गर्नु पर्ने बताए । घटनामा संलग्न जो सुकै भएपनि कडा कार्वाही हुनु पर्ने कार्कीको भनाई छ ।
जनहित विकास समाजकी अध्यक्ष आशा सरदारले बलात्कारको घटना दिनानुदिन बढदै गइ रहेको अबस्थामा घटनामा दोषी पत्ता लगाई कार्वाही गर्नु पर्ने बताए । महिलाहरु जहिले पनि हिंसाको सिकार हुनु परि रहेको छ, उनले भनिन् ।
सिमाञ्चल मैत्री संवाद समुहको अध्यक्ष राजेश कुमार शर्माले हरेक देशमा जहाँ महिलाको पुजा गरिन्छ त्यहाँ मात्र पुरुषको सम्मान हुने बिचार राखे । महिलाको संरक्षणको निम्ति कडा कानुनले मात्र नहुने भन्दै महिलाको महिमाको बारेमा समाज जानकार हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्