ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्कीयो

<span class='c1'>ल्याण्ड हुँदै गरेको बुद्ध</span> <span class='c2'>एयरको जहाजसँग बँदेल ठोक्कीयो</span>

काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ ।काठमाडौंबाट नेपालगन्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्याण्ड हुनेक्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए ।

जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए ।मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्याण्ड हुँदै थियो

त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडीको चक्कामा ठोकिएको थियो । नेपाल समाचार पत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्