धनकुटाको चौविसेमा पिकअप गाडीको ठक्करबाट एकजनाको ज्यान गयो

<span class='c1'>धनकुटाको चौविसेमा पिकअप गाडीको</span> <span class='c2'>ठक्करबाट एकजनाको ज्यान गयो</span>

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा पिकअप गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ । गाउँपलिका वडा नम्बर ७ एक्लेबरको राजारानी मौनाबुधुक भित्री कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट १ जनाको ज्यान गएको हो ।
दुर्घटनामा ज्यान जानेमा सोही गाउँपालिका ५ डाँडागाउँ बस्ने बर्ष ५६ को दिलिप कुमार याख्खा रहेका छन् । उनलाई सडकमा हिडिरहेको अवस्थामा को.२.च.३२२३ नंबरको पिकअप गाडीले ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
फरार रहेका पिकअप चालक धनकुटाको साँगुरीगढी गाउँपालिका ५ लाप्चेटार बस्ने बर्ष २३ का राजेन्द्र बि.क. र पिकअपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्