नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले जिल्ला स्तरीय वादविवाद प्रतियोगिता गर्ने

नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले जिल्ला स्तरीय वादविवाद प्रतियोगिता गर्ने

विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलको आयोजनामा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ । यही मङ्सिर २० गते शुक्रबार मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता हुन लगेको हो । निजि तथा सरकारी गरी कुल १३० वटा विद्यालयलाई पत्र पठाइएकोले ति बिद्यालयहरु मध्ये २३ वटा बिद्यालयले नाम दर्ता गराईसकेको बिद्यालयकी प्रिन्सिपल रीता न्यौपानेले जानकारी दिईन् ।
२३ वटा विद्यालयले नाम दर्ता गराइसकेका छन भने अरु विद्यालय आझै नाम दर्ता गराउने तयारीमा रहेको जानकारी आएको उनको भनाई छ । कक्षा ८,९ र १० का विद्यार्थीहरुले भाग लिने यस वादविवाद प्रतियोगितालाई भब्य बनाउन लागिएको हो ।
‘वैदेशिक रोजगार कि कृषिमा लगानी’ शिर्षकमा हुने वादविवाद प्रतियोगितामा सहभागी हुने बिद्यालयले प्रति विद्यालय दुई हजार प्रबेश शुल्क राखिएको न्यौपानेले बताईन् ।
पुरस्कर पक्ष र विपक्ष गरि दुबै तर्फलाई प्रदान गरिने आयोजकको तयारी छ। कार्यक्रम सुरु हुनु पुर्व गोला प्रथाद्वारा पक्ष र विपक्ष छुट्याइने उनले जानकारी दिईन् । प्रतियोगितामा प्रथम पुरस्कार १२ हजार पाँच सय द्वितीय पुरस्कार ८ हजार ५सय र तृतीय पुरस्कार पाँच हजार पाँच सय तथा सान्त्वना पुरस्कार तीन हजार पाँच सय सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने जनाईएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्