इनरुवामा मनमोहन वान डे राष्ट्रिय क्रिकेटको तयारी धमाधम

इनरुवामा मनमोहन वान डे राष्ट्रिय क्रिकेटको तयारी धमाधम

इनरुवा । इनरुवामा दोस्रो संस्करणको एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाको आयोजनामा पुषको १५गतेबाट राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताको तयारी थालेको आयोजकले खेल हुने स्थान इनरुवा खेल मैदानमा पिच निर्माणको कार्य सुरु गरेको छ ।

पुष १५ गतेबाट सञ्चालन हुने प्रतियोगिता माघ ४ गते समापन हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले बताए । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा तीन विभागीय सहित १२ वटा टिमले सहभागिता जनाउने छन् । दोस्रो संस्करणको एम.एम कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस, सशस्त्र र नेपाल आर्मी सहित ७ वटै प्रदेशका साथै आयोजक र मलेसियाको टिम ११ क्रिकेट टिम आपसमा भिड्ने छन् ।

लिगकम नकाउट फम्र्याटमा खेलाइने प्रतियोगितामा सहभागि टिमलाई ४ समूहमा बिभाजन गरिने आयोजकले जनाएको छ । आयोजकले यस पटकको प्रतियोगितालाई अघिल्लो संस्करण भन्दा उत्कृष्ठ बनाइने बताएको छ । राष्ट्रिय स्तरका खेलाडीहरु प्रतियोगिताका लागि इनरुवा आउने तय भएकाले समेत दोस्रो संस्करण भब्य हुने आयोजकको दावी छ ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगदसहित ट्रफी हात पार्ने छ भने उपविजेता टोलीले नगद २ लाख ५ हजार प्राप्त गर्ने छ । गत वर्ष सम्पन्न पहिलो संस्करणमा त्रिभुवन आर्मी क्लवले प्रतियोगिताको उपाधि चुमेको थियो ।

इनरुवा खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगितालाई मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवा र इनरुवा नगरपालिकाको कार्यालयले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । प्रतियोगिता उद्घाटनका दिन धुर्मुस सुन्तलीलाई सहभागी गराइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्