कास्की - नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएकाे छ ।
नेपालले पाेखरा रंगशालामा भएकाे खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायाे । याे जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा पुगेकाे छ ।
खेलकाे १८ औं मिनेटमा पहिलाे गाेल गर्दै सावित्राले अनु लामाकाे सर्वाधिक गाेलकाे रेकर्डलाई ताेडेकी थिइन् । त्यसपछि उनैले २२ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालकाे अग्रता २-० मा पुर्याइन् ।
पहिलाे हाफमा २ गाेलकाे अग्रता बनाएकाे नेपालले दाेस्राे हाफमा एक गाेल थप्याे । सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने टिमलाइ तीन-शुन्यकाे जित दिलाइन ।
भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ ।
यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । १२औँ सागमा फाइनलमा भारतले नेपाललाई ४-० ले हराएकाे थियाे ।