बिराटनगरको नोबेल अस्पतालको प्राबिधिक सहयोगमा दाम्राभीट्टा स्कुलमा निशुल्क स्वास्थ्य शिविर

बिराटनगरको नोबेल अस्पतालको प्राबिधिक सहयोगमा दाम्राभीट्टा स्कुलमा निशुल्क स्वास्थ्य शिविर

बिराटनगर मङ्सिर २०,

मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल र बिराटनगरको नोबेल अस्पतालको सह-आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शुक्रबार आयोजना गरिएको शिविरमा १ हजार बढी बिमारीले स्वास्थ्य उपचार लिएका थिए । फिजिसियन ,आँखा , दन्त , मुटु , हार्डजोर्नी , स्त्री लगायतको बिशेषज्ञ सेवासहित भिडियो एक्सरे,इसिजी तथा ल्याबको सेवा बिमारीले लिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए फिजिसियन :आँखा , दन्त , मुटु , हार्डजोर्नी , स्त्री लगायतको बिशेषज्ञ सेवासहित भिडियो एक्सरे,इसिजी तथा ल्याबको सुबिधा हुने ।

स्कुलका बिद्यार्थी , अभिभावक तथा स्थानीयको बाक्लो उपस्तिथी रहेको उक्त शिविरलाई निरन्तरता दिने स्कुलका प्रिन्सिपल पंकज खड्काले जानकारी दिए । स्कुलले सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको खड्काले बताए ।

करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा यसै शैक्षिकसत्रबाट संचालनमा आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्