ईटहरीमा एक करोड रुपैयाँको अक्षयकोष स्थापना

<span class='c1'>ईटहरीमा एक करोड</span> <span class='c2'>रुपैयाँको अक्षयकोष स्थापना</span>

ईटहरी । इटहरीमा एक करोड रुपैयाँको अक्षयकोष स्थापना भएको छ । स्थानीय रामचन्द्र अधिकारीले आफ्ना पिता माताको नाममा एक करोड रुपैँयाको अक्षयकोष खडा गरेका हुन् । शुत्रबार अच्छा राई रसिक प्रतिष्ठानले इटहरीमा आयोजना गरेको विशेषाङ्क सार्वजनिकीकरण तथा अक्षयकोष घोषणा कार्यक्रममा उनले पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा उक्त अक्षयकोष स्थापना गर्ने घोषण गरेका हुन् ।
सामाजिक क्षेत्रमा निरन्तरता योगदान गर्ने उदेश्यले यो अक्षयकोष स्थापना गरिएको अधिकारीले बताए । सामाजिक, साहित्यिक र पत्रकारीता क्षेत्रमा योगदा पुर्याउनेलाई सम्मान गर्ने उदेश्यले यो कोष स्थापना गरिएको उनको भनाई छ ।
यसअघि ११ लाख रुपैया अक्षयकोष राखेर साहित्य, सामाजिक र पत्रकारीता क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्दै आएका थिए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कला तथा संस्कृतिका लागि एक करोड रुपैँया छुट्याउनु अनुकरणीय रहेको बताए ।. यो अक्षयकोष राख्नु बिशिष्ट र उदाहरणीय कार्य रहेको मुख्यमन्त्री राईको भनाई छ । साहित्य, कला र संस्कृतिको मार्गदर्शनबाट सामाजिक सद्भाव र एकता भएको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्