दमकबाट ईलामको कन्याम पिकनिक जाँदै गरेको बस विर्तामोडमा दुर्घटना, १३ जना घाइते

<span class='c1'>दमकबाट ईलामको कन्याम पिकनिक जाँदै गरेको</span> <span class='c2'>बस विर्तामोडमा दुर्घटना, १३ जना घाइते</span>

झापा । झापाको विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ उक्त यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
झापाको दमकबाट वनभोजका लागि इलामको कन्यामतर्फ गइरहेको ना. ६ ख ६१८१ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेर घाइते भएकाहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए।
दुर्घटनामा परी घाइते हुनेहरुमा बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन्।
अन्य घाइते हुनेहरुमा दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का घाईते भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्