उदयपुर । उदयपुरको बेलका नगरपालिका-३ रातापानी सालबारीमा भर्यङबाट लडेर १ जनाको मृत्यु भएको छ । गत १९ गते राती १२ बजेको समयमा आफ्नै घरको भर्याङबाट लडेर २७ बर्षिय जितेन्द्र चाम्लिंग राई गम्भिर घाईते भएका थिए । घाईते उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।