इटहरीको बिग बार होटलमा आगलागी, ९ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रण

इटहरीको बिग बार होटलमा आगलागी, ९ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रण

विराटनगर । इटहरीको मुख्य चौकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । सुर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगोले बिग बार नष्ट भएको छ । साढे तीन घण्टापछि ९ वटा दमकलको साहयतामा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

विराटनगर,दमक,सप्तरी,धरानको २वटा दुहवी,महेन्द्रगर सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल प्रयोग गरिएको थियो । आगोको मुस्लो देखिएपछि आगलागी भएको थाहा भएको थियो । लगत्तै जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलले आगो निभाएका थिए । चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो । बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्