इटहरीमा एक महिला झुण्डिएको अवस्थामा फेला

<span class='c1'>इटहरीमा एक महिला</span> <span class='c2'>झुण्डिएको अवस्थामा फेला</span>

बिराटनगर मङ्सिर २३ , इटहरी–१७ बिसनपुरमा एक महिला झुण्डिएको अवस्थामा आइतबार अपरान्ह ४ बजेतिर भेटिएकी छन् ।

दुई सन्तानकी आमासमेत रहेकी ३५ वर्षीय टीका दाहाल आफ्नै भाडाको कोठामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी हुन् । श्रीमान् टङ्क दाहालले मादक पदार्थ सेवन गरेर बारम्बार झगडा तथा कुटपिटसमेत गर्दै आएपछि झुण्डिएको छिमेकीहरूको भनाइ उदृत गर्दै धरानका पृथ्वीमान गुरुङले जानकारी दिए ।

मृतक दाहालको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । श्रीमान् टङ्क दाहाललाई एक पटक सुधार गृहमासमेत राखेर ल्याइएको थियो । तर, नसुध्रिएको प्रत्यक्षदर्शीसमेत रहेका गुरुङ बताउँछन् ।

आफ्नो जग्गाको कामले बिसनपुर पुगेका गुरुङले घटनाको बारेमा थाहा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्