खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति अज्ञात समूहले आगलागी गरेको छ । आगलागीबाट गाडी ध्वस्त भएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए । आगजनी कसले गरे भन्ने अहिलेसम्म नखुलेको जनाइएको छ ।