प्रधानमन्त्री अस्वस्थ भएपछि बस्न नसकेको मन्त्रिपरिषदको बैठक आज बस्दै

प्रधानमन्त्री अस्वस्थ भएपछि बस्न नसकेको मन्त्रिपरिषदको बैठक आज बस्दै

दश दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलोपटक मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ । बेठक अपरान्ह चार बजे बस्ने गरि बोलाइएको हो।

एपेन्डिसाइटिसको शल्यक्रियापछि शुक्रबार डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओलीले बिस्तारै काममा फर्किन अग्रसरता देखाउनुभए बमोजिम बैठक डाकिएको जनाइएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक २ सातादेखि बस्न सकेको थिएन ।१४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्