नेपाली बालबालिकालाई यौन शोषण गर्ने अमेरिकी नागरिक पक्राउ

नेपाली बालबालिकालाई यौन शोषण गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, मङ्सिर २३ गते । प्रहरीले नेपाली बालबालिकालाई यौन शोषण गरेको आरोपमा एकजना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ पर्ने अमेरिकाको इलिनौस बस्ने ४० वर्षिय जैसन लोयड मुडी रहेको जनाएको छ ।
अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका ९, एयरपोर्टस्थित एक गेष्ट हाउसबाट उहाँलाई तीन बालिकासहित आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार जैसन मुडीले आर्थिक प्रलोभन देखाइ तथा खानेकुरा दिइ नेपाली बालबालिकालाई यौन शोषण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पछ्याएको थियो ।

जैसन मुडीबाट प्रहरीले तीन थान राहदानी, एक थान ल्यापटप, चार थान मोबाइल, विभिन्न बैंकको चार थान एटीएम कार्ड, विश्वभाषा क्याम्पसबाट जारी पहिचान पत्र बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्