राष्ट्रिय महिला टोलीका मनमाया र निरुले लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास

राष्ट्रिय महिला टोलीका मनमाया र निरुले  लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास

पोखरा ।  राष्ट्रिय महिला टोलीका दुई फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन्। टोलीकी डिफेन्डर मनमाया लिम्बु र फर्वाडर निरु थापाले १३ औं सागको फाइनल खेल पश्चात्त पोखराबाट सन्यासको घोषणा गरेका हुन्।

राखेप सदस्य राजेश गुरुङले सन्यास घोषणा गरेका दुबै खेलाडीलाई आधा तोला सुन र चार तोला चाँदी जडित मेडलले सम्मान गरेका छन्। त्यस्तै, अखिल नेपाल फुटबल संघलेसमेत उनीहरुलाई सम्मान गरेको छ। फुटबलर निरु थापा सन् २०१० मा पुलिस क्लबबाट डेब्यू गर्दै महिला राष्ट्रिय टोली समावेश भएकी थिइन्।

नेपाली महिला फुटबल टिममा निरन्तर योगदान दिएकी मनमाया लिम्बु सन् २०१४ बाट राष्ट्रिय टोलीमा समावेश थिइन्। उनी त्यसअघि एपिएफमा आबद्ध थिइन्। दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको सोमबार सम्पन्न महिला फुटबल फाइनल खेलमा भारतविरुद्ध २–० ले पराजय भोग्दै नेपाल रजत पदकमा सीमित भएको छ।

त्यस्तै, खेलमा अपेक्षा अनुसारको नतिजा ल्याउन नसकेको भन्दै नैतिकताको आधारमा महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिने घोषणा गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्