भोजपुर–काठमाडौं छोटो दूरीको यातायात सेवा शुरू

भोजपुर–काठमाडौं छोटो दूरीको यातायात सेवा शुरू

भोजपुर। भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौंसम्म छोटो दूरीको यातायात सेवा शुरू भएको छ । भोजपुरका स्थानीयवासी यसअघि भोजपुरबाट धनकुटाको लेगुवा–धरान हुँदै काठमाडौं जाने गरेका थिए । सुपर खोटाङ भोजपुर यातायात प्रालिले सीधा यातायात सेवा शुरू गरेको हो ।

कम्पनीले केही दिन अघिदेखि सेवा दिँदै आए पनि गत शुक्रवार जिल्ला प्रशासन कार्यालय, भोजपुरमा भएको छलफलपछि आधिकारिक रूपमा भाडा निर्धारण गरेको छ । भोजपुरबाट दिक्तेल हुँदै काठमाडौं पुग्न टाटा सुमो (जीप)को भाडा २ हजार र बसको १ हजार ७०० रुपैयाँ तोकिएको छ । जीप प्रत्येक दिन  बिहान साढे ४ बजे भोजपुर डाँडागाउँ र पौने ६ बजेट देउरालीबाट छुट्ने कम्पनीका अध्यक्ष दिवासन राईले बताए । अहिले जीपबाट सेवा दिने र यात्रुको चाप बढेमा आवश्यकता अनुसार अन्य सवारीसाधन सञ्चालन गरिने उनले जानकारी दिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले व्यवसायीलाई यात्राका क्रममा यात्रुसँग राम्रो व्यवहार गर्न र तोकिएको भन्दा बढी भाडा नलिन आग्रह गरे । छोटो रूटबाट यातायातका साधन सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित हुने भएका छन् । नयाँ रूटबाट काठमाडौं–भोजपुर दूरी ३६६ किलोमिटर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्