इलामको श्रीअन्तुस्थित एक घरवासमा आगलागी हुँदा २६ लाख मूल्य बराबरको क्षति

<span class='c1'>इलामको श्रीअन्तुस्थित एक घरवासमा आगलागी हुँदा</span> <span class='c2'>२६ लाख मूल्य बराबरको क्षति</span>

मङ्गलबारे, मङ्सिर २४ गते । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक घरवासमा सोमबार आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको पm्याफुल्ला घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट चार तोला सुन, रु पाँच लाख नगद, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विजय राईले जानकारी दिनुभयो ।

काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । छिटो स्थानीय भेला भएका कारण ठूलो क्षति हुन नपाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्