विराटनगर जाँदै गरेको डिजेल ट्यांकर लहानबाट गायब गर्न चालक कै मिलेमतो

विराटनगर जाँदै गरेको डिजेल ट्यांकर लहानबाट गायब गर्न चालक कै मिलेमतो

काठमाडौं, मंसिर २४ । अज्ञात समूहले चालकलाई कब्जामा लिएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेल ट्यांकर लहानबाट गायब पारेको भनिएको घटनामा चालक कै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको अनुसन्धानमा ट्यांकर चालक रामदेव यादव कै मिलेमतोमा अपहरणको नाटक रचेर १९ लाख रुपैयाँको डिजेल चोरी भएको प्रहरीले जनाएको छ।

गत २ गते नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको थियो। उक्त ट्यांकरमा २० हजार लिटर डिजेल थियो। ट्यांकर चालक यादव र सह–चालक उमेश यादवले आफूलाई अज्ञात समूहले कब्जा लिएर अपहरण गरी ट्यांकर लगेको बताएका थिए। चालकले आफू अपहरणमा परेको दाबी गरे पनि उनीहरुकै मिलेमतोमा डिजेल चोरी भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले बताए।नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्