विराटनगर महानगरको ‘छोरी बचाउ छोरी पढाउ’ अभियान सफल पार्न दौड

विराटनगर महानगरको ‘छोरी बचाउ छोरी पढाउ’ अभियान सफल पार्न दौड

विराटनगर । १६ दिने लैँिगक हिंसा बिरुद्धको अभियानको अन्तिम दिन आज बिराटनगर महानगर पालिकाले दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको आयोजनामा छोरी बचाउ छोरी पढाउ भन्ने नाराका साथ महिला दौडको आयोजना गरिएको हो ।
मंगलवार बिहान ७ बजे विराटनगर महानगर पालिकाबाट शुरु भएको दौड टाफिक चौक पुगेर समापन भएको थियो । दौडमा बिराटनगर महानगर पालिकाकी उपमेयर ईन्दिरा कार्कीले सहभागीलाई हौसला बढाउनको लागि दौडमा सहभागी भएकी थिईन् । कार्यक्रममा मेयर भिम पराजुली, एसपी विश्व अधिकारी लगायतको उपस्थिती थियो ।
२० बर्ष माथि उमेर समुहको दौडकको प्रथम ईवन राई प्रथम, मिरा कटुुवाल दोश्रो र दीपा ओझा तेश्रो भए । त्यस्तै ३० बर्ष उमेर समुह माथिको दौडमा पुष्पना राना प्रथम, रञ्जना चौधरी द्धितीय र गंगा खत्री तेश्रो भएका छन् ।
त्यस्तै ४० बर्ष माथि उमेर समुहको महिला दौडमा जमुना बस्नेत प्रथम, रिता पोखरेल द्धितीय र कोपिला भुजेल तृतीय भएका छन् । तीन उमेर समुहका टिमबाट प्रथम द्धीतिय र तृतीय हुनेलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्