जाडोमा आगो ताप्दा होशियार ! ओखलढुङगामा जलेर एक बृद्धको मृत्यु

<span class='c1'>जाडोमा आगो ताप्दा होशियार !</span> <span class='c2'>ओखलढुङगामा जलेर एक बृद्धको मृत्यु</span>

ओखलढुङगा, मंसिर २४ ।

ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-८ भुसिङगा बस्ने बर्ष ८५ को लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । स्थानिय गम्बु शेर्पाको घरमा डेरा गरी बस्दै आएका लोकसन शेर्पा गत २२ गते राती अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक आगो शरिरमा सल्किएर घाईते भएका थिए ।

घटनाबारे जानाकरी पाउनासाथ प्रहरी चौकी रावदोलुबाट प्रहरीको टोली खटि गई घाईतेलाई उपचारको लागी सदरमुकाम तर्फ ल्याउने क्रममा सोमबार साँझ साढे ५ बजेको समयमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्