१० वर्षसम्म बलिउड चलचित्रबाट टाढा बसेकी अभिनेत्री सुष्मिता सेन पुन: चलचित्रमा फर्किने

१० वर्षसम्म बलिउड चलचित्रबाट टाढा बसेकी अभिनेत्री सुष्मिता सेन पुन: चलचित्रमा फर्किने

मुम्बाई । १० वर्षसम्म बलिउड चलचित्रबाट टाढा बसेकी अभिनेत्री सुष्मिता सेन पुन: चलचित्रमा फर्किने भएकी छन् ।

चलचित्रमा नआए पनि सामाजिक संजालमा निकै सक्रिय सेनले सामाजिक संजालमार्फत नै आफू चलचित्रमा फर्किन लागेको घोषणा गरेकी हुन् ।

इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै उनले दर्सकका लागि पुनः चलचित्रमा फर्किन लागेको बताइन् ।

उनको यो पोस्टसँगै उनका फयानले उनलाई शुभकामन दिन थालेका छन् ।

पूर्व मिस युनिभर्स सेनले बीवी नम्बर १, मेँ हु ना, आँखे, सिर्फ तुम, क्योकी जस्ता चर्चित चलचित्रमा काम गरिसकेकी छन् ।

(नवभारत टाइम्स)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्