१३ औं साग : पुरुष फुटबलमा नेपालले भुटानलाई हरायो , स्वर्ण पदक पाउन सफल

१३ औं साग : पुरुष फुटबलमा नेपालले भुटानलाई हरायो , स्वर्ण पदक पाउन सफल

बिराटनगर  मङ्सिर २४ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले जित निकालेको  छ । नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको छ ।

दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने  ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए  ।

खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए । फाइनल प्रतिस्पर्धामा विजेता  नेपाली  टिमले स्वर्ण पदक पाउने छ ।

राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्