ओखलढुंगामा सुमो दुर्घटना, चालक सहित सातजना घाईते

<span class='c1'>ओखलढुंगामा सुमो दुर्घटना, चालक</span> <span class='c2'>सहित सातजना घाईते</span>

ओखलढुंगा । ओखलढुंगामा सिद्धिचरण नगरपालिका–६ स्थित टोड्केमा टाटा सुमो दुर्घटना हुँदा सात जना घाईते भएका छन् ।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना १ ज ६४१२ नम्बरको सुमो दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएका हुन् ।

घाईते मध्ये दुईजनाको अवस्था गम्भीर छ । घाईतेहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

१० जना सवार सुमो अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्