विराटनगरमा नेपाल र भारतका साहित्यकारको जमघट

विराटनगरमा नेपाल र भारतका साहित्यकारको जमघट

विराटनगर । विराटनगरमा नेपाल–भारत त्रिदिवसीय साहित्यिक समागम सुरु भएको छ ।
विराट साहित्य सङ्गम, विराटनगरको आयोजनामा सुरु भएको समागमको १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरे । मंगलबारदेखि सुरु कार्यक्रम तीन दिनसम्म हुनेछ । विराटनगरस्थित आरोहण गुरुकुलमा उद्घाटन भएको कार्यक्रम धनकुटाको भेंडेटार (नाम्जे)मा समापन हुनेछ । कार्यक्रममा नेपाल र भारतका तीन दर्जन बढी कवि एवं साहित्यकार सहभागी भएका छन् । साहित्यको माध्यमबाट दुई देशको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजवक रामबाबु दाहालले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अधिकारीले दुई देशको सम्बन्ध बलियो बनाउन स्रष्टाहरुको भूमिका महत्वपूर्ण हुने बताए । स्रष्टाहरुले आँखा चिम्लेर पनि देख्ने उनको भनाइ थियो । दुई देशको सम्बन्धलाई अझै बलियो बनाउने गरी सिर्जना गर्न उनले आग्रह गरे ।
कार्यक्रममा भारतबाट डा. रति सक्सेना, प्रदीपकुमार, डा. सुनिल तरुण, निगम राज, नन्द साश्वत ‘नन्द’ अमिताभ सक्सेना, सैयदअहमदजहिर ‘फना’, अनिता जैन, पंखुरी सिन्हा, ज्योति साहुलगायतका स्रस्टा सहभागी भएका छन् । कार्यक्रममा राष्ट्रियसभाका सांसद खेम नेपाली, प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका संस्थापक अध्यक्ष बलराम पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उद्घाटनपछि कृत्या कविता अभियानका विषयमा भारतीय साहित्यकार प्रा.डा. रति रक्सेनाले परिचर्चा गरिन् । त्यस्तै साहित्यकार पूजा बहारको कृतिसमेत कार्यक्रममा विमोचन गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्