धरानबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परे

<span class='c1'>धरानबाट खैरो हिरोइनसहित दुई</span> <span class='c2'>जना पक्राउ परे</span>

धरान मङ्सिर २५ ,

इलाका प्रहरी कार्यालय धरानले खैरो हिरोइनसहित दुई जनालाई धरानबाट पक्राउ गरेको छ । लागुऔषध ओसारपसार गरीरहेको अवस्थामा संखुवासभा भोटखोला–१ का २८ बर्षीय साङबु शेर्पा, धरान–१९ का ३७ बर्षीय सुरज राईलाई पक्राउ गरेको हो । शेर्पालाई मंसिर २३ गते साँझ धरान–८ तीनकुने चेकपोष्टबाट र राईलाई धरान–२ भानुचोकबाट पक्राउ गरिएको इप्रकाका डिएसपी ढुण्ढीराज न्यौपानेले जानकारी दिए ।

शेर्पाको साथबाट ८० मिलीग्राम हिरोइन र राईको साथबाट २० ट्याब्लेट नाइट्रोजन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत इनरुवाबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्