नेपाल प्रवेश गर्‍याे पश्चिमी वायु:३ दिन देशैभर मौसम बदली हुने,सतर्कता अपनाउन आग्रह

नेपाल प्रवेश गर्‍याे पश्चिमी वायु:३ दिन देशैभर मौसम बदली हुने,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा पश्चिमी भुभागबाट न्यून चापिय प्रणालीको वायु प्रवेश गरेको छ । जसले गर्दा कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरेको हो । जसका कारण पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको र मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने महाशाखाको अनुमान रहेको छ । देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको मौषम विद्हरुको भनाई छ ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ । बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्