नेपालकी अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

नेपालकी अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी छन् । हीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी गरिन्। उनलाई यस अवार्डले थप आत्मविश्वास दिलाएको छ।

यसअघि अनुष्का हेड टु हेड च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल भएकी थिइन्। उनी ‘ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी छन्।

६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनाले यही शनिबार लन्डन एक्सेलमा हुनेछ। विश्व सुन्दरीको ताजका लागि १२५ देशका सुन्दरीबिच प्रतिष्पर्धा हुँदैछ।

नेपालकी अनुष्काले प्रतियोगिताको ताज जित्ने आत्मविश्वास व्यक्त गरेकी छन्। आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने उनको प्रण छ। विश्व सुन्दरीहरुका प्रतिष्पर्धीहरू यतिखेर बन्द प्रशिक्षणमा रहेर विभिन्न विद्यामा प्रतिष्पर्धा गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्