सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ का ५५ बर्षीय पुरन चौधरीको तालमा डुबेर मृत्यु भएको छ । स्थानीय रास तालमा पौडी खेल्ने क्रममा अचानक डुबेका चौधरीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।