खोटाङको रमितेभिरमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु

<span class='c1'>खोटाङको रमितेभिरमा बोलेरो दुर्घटना</span> <span class='c2'>हुँदा एकजनाको मृत्यु</span>

खोटाङ । खोटाङको रावाबेशी गाउपालिका ४ रमितेभिरमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज दिउँसो डुम्रेधारापानीबाट रावाखोला तर्फ जाँदै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी बोलेरोमा सवार खोटाङको रावाबेशी गाऊपालिका४ गुहेले बस्ने बर्ष ४० को रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना पछि प्रहरी चौकी डुम्रेधारापानीबाट गएको प्रहरीको टोलीले बोलेरो चालक सल्यान जिल्ला सारदा नगरपालिका ११ बस्ने बर्ष २६ को राम बहादुर कुवर गम्भिर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको प्रहरी टोली पुगेर आवश्यक कानूनी प्रकृया गरीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्