९ माघ २०७६, बिहीबार

अभिनेता दीपक क्षेत्री आफ्नै कोठामा मृत भेटिए

काठमाडौं  । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृत भेटिएका छन ।  डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र क्षेत्री मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ।  प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए ।

क्षेत्रीको शव हाल पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको  प्रहरी वृत्त कमल पोखरीले जनाएको छ । मृत्युको कारण खुली नसकेको प्रहरीको भनाइ छ। लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस