न्वागी पूजा झापाको कमलमा च्याब्रुङको ताल र केलाङको चालसँगै

<span class='c1'>न्वागी पूजा झापाको कमलमा च्याब्रुङको</span> <span class='c2'>ताल र केलाङको चालसँगै</span>

दमक । लिम्बू समुदायले चासोक तङ्गनाम अर्थात् न्वागी पूजा झापाको कमल ५ मा च्याब्रुङको ताल र केलाङको चालसँगै मनाइएको छ।  किरात याक्थुङ चुम्लुङ कमल गाउँ समितिको आयोजनामा भएको चासोक तङ्गनाम स्थानीय केर्खा खेल मैदानमा वृहत रुपले मनाइएको हो चुम्लुङकी कोषाध्यक्ष चन्द्रकला सुब्बाका अनुसार कार्यक्रममा प्रकृतिपूजक लिम्बूले पाकेको नयाँ बाली प्रकृतिलाई चढाउँदै न्वागी पूजा समेत गरे।

चुम्लुङका गाउँ समिति अध्यक्ष पूण्यप्रसाद सम्बाहाम्फेको अध्यक्षता तथा संघीय लिम्बुवान पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङदेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामूहिक रुपमा न्वागी पूजा गर्नुका साथै लिम्बू समुदायको सांस्कृतिक नाच केलाङ प्रतियोगिता पनि भएको थियो।  वडास्तरीय केलाङ प्रतियोगितामा कमलका ५ वडाले सहभागिता जनाएको थियो। प्रतियोगितामा उत्कृष्ट हुनेलाई क्रमशः ४, ३ र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। चासोक तङ्गनाम विशेष सो कार्यक्रममा कमलका विभिन्न वडाहरूबाट लिम्बूसहित गैरलिम्बूको पनि बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, कमल ५ का वडाध्यक्ष डम्बरवहादुर निरौला, नेपाल आदिवासी जनजाति महासंघ कमलका अध्यक्ष छत्रहाङ फागो, चुम्लुङ झापाका राष्ट्रिय परिषद सदस्य शेसेहाङ फ्याक, चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्