स्याङबोचेमा हिउँ : चौँरीलाई सास्ती, चिप्लेटी खेल्नेलाई मस्ती !

<span class='c1'>स्याङबोचेमा हिउँ : चौँरीलाई सास्ती,</span> <span class='c2'>चिप्लेटी खेल्नेलाई मस्ती !</span>

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको स्याङ्बोचेमा बाक्लो हिउँ जमेका कारण चौँरीलाई सास्ती भएको छ । शुक्रबारदखि परेको हिउँ जम्दा चौँरीगाईलाई खाना तथा पानी दिन समेत समस्या भएको याक विकास फार्म स्याङबोचेका निमित्त फार्म प्रबन्धक ललन यादवले बताउनुभयो । माथिल्लो गोठ भएका ठाउँमा हिउँ धेरै परेकोले अहिले स्याङ्बोचेमा रहेको मुख्य कार्यालयसँगै रहेको गोठमा ल्याइएको र त्यहाँ पनि बाक्लो हिउँ पर्दा समस्या भएको हो ।

बाक्लो हिउँ जमेपछि हिमाली क्षेत्रमा रहेका चौँरी गोठमा रहेका चौरी तथा गोठालाहरुलाई समस्या पर्ने गरेको छ । याक विकास फार्म नाम्चेमा अहिले ठूला साना गरी १३० वटा नाक तथा याक रहेका छन् ।

चिप्लेटी खेल्नेलाई मस्ती !

बाक्लो हिउँ जमेपछि स्याङ्बोचे विमानस्थल तथा आसपासमा चिप्लेटी खेल्नेहरुको घुइँचो लागेको छ ।विदेशी पर्यटक तथा स्थानीय बासिन्दा हिउँमा चिप्लेटी खेलेर रमाएका यादवले बताउनुभयो । हिउँ परेपछि नाम्चे तथा आसपासमा रहेका विदेशी पर्यटकहरु हिउँमा रमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्