भोजपुरमा बन्यो प्रहरी कार्यालयको नयाँ भवन

<span class='c1'>भोजपुरमा बन्यो प्रहरी</span> <span class='c2'>कार्यालयको नयाँ भवन</span>

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरिएको छ।

४ करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबहादुर तामाङ तथा भवनलाई गुणस्तरीय ढङ्गले समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी श्याम श्रेष्ठ र लाक्पा शेर्पालाई सम्मान गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्