चलचित्र ‘शुभ मंगल’ निर्माण हुने, सुरविना कार्की नायिका

चलचित्र ‘शुभ मंगल’ निर्माण हुने, सुरविना कार्की नायिका

काठमाडौं । प्रेमकथामा आधारित रहेर चलचित्र ‘शुभ मंगल’ निर्माण हुने भएको छ ।

मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरविना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायत कलाकारले अभिनय गर्नेछन् ।

संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा गरिने निर्देशक अधिकारीले दिएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम, सम्बन्धलगायत विषयमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा भने गरिएको छैन ।

चलचित्रको कथा पनि निर्देशक अधिकारीले नै लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्